काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठकमा आज पनि विनियोजन विधेयक अन्तरगत मन्त्रालयगत शीर्षक माथिको छलफल जारी रहने छ ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा चार मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ । आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुने भएको छ ।

यी चार मन्त्रालयको बजेट शीर्षकमाथि सांसदसूर्य प्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेश कुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युत प्रसाद मैनाली, ज्वाला कुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय