काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा दाहालले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहको भूमिका रहेको बताएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गत बुधबार देखि दुबै सदनको बैठक चल्न दिएको छैन । एमालेले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा एमालले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक अगाडि जान नसक्ने देखिएपछि सभामुखकै आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो । संसद चल्न नसक्दा मिटरब्याज सम्बन्धी विधेयक पास हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय