काठमाडौं । आर्थिक वर्ष ०८१-०८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ ।

आज दिउँसो ३ बजे बस्ने संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरको विषयमा छानविन हुनु पर्ने अडान राख्दै दुई महिना देखि संसद अवरोध गर्दै आएको छ । संसद अवरोध हटाउने विषयमा छलफल भएपनि कांग्रेसको अडानका कारण सहमति जुट्न नसक्दा आजको नीति तथा कार्यक्रम प्रभावित हुने देखिन्छ । कांग्रेसले उठाएको विषयमा प्रधानमन्त्री केही लचक भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमै रहेका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुनेछ ।

त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

त्यसपछि २०८१÷०८२ को बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय