काठमाडौं । प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका उपविजेता बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं महानगरपालिकासँग २–१ गोलअन्तरले पराजित हुँदा चन्द्रागिरि नगरपालिका दोस्रो स्थानमा चित्त बुझाएको हो ।
खेलको ६९ औं मिनेटमा काठमाडौं महानगरपालिकाका अखिलेश कार्कीले पहिलो गोल गरेका थिए । निकै तनावपूर्ण खेलमा चन्द्रागिरि नगरपालिका खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । लगत्तै काठमाडौंका दिपेश श्रेष्ठले गोल गरेपछि खेल काठमाडौं महानगरपालिकाले २–१ ले जितेको हो ।





कीर्तिपुरका यमन महर्जनले प्रतियोगिता अवधिभर ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा २५ हजार नगद प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाका सन्तोष न्योपाने उत्कृष्ट कोच घोषित भए ।
प्रतियोगितामा विजेता काठमाडौं महानगरपालिकाले पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा काठमाडौं जिल्लाका ९ स्थानीय तहका ९ टिम, ललितपुर जिल्लाका ४ स्थानीय तहका ५ टिम र भक्तपुरको १ स्थानीय तहबाट १ टिम गरि १५ टिमको सहभागिता रहेको थियो ।



