काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । सोमबार बसेको संवैधानिक परिषद् बैठकबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठको शपथ भोलि दिउँसो १ बजेर ४५ मिनेटमा हुने छ ।

श्रेष्ठले अबको १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । २०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गर्नुभएका श्रेष्ठ ६ वर्षमै जिल्ला न्यायाधीश हुनुभएको थियो । २०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश, २०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश, २०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश हुँदै २०७३ साल साउन १७ गते सर्वोच्च अदालतमा नियुक्त हुनु भएको थियो । नव नियुक्त प्रधानन्याायधीश श्रेष्ठले २०८१ साल असोज २० गते उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय