काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताउनु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विपरित भएको बताउनु भयो ।
उहाँले अब प्रधानमन्त्रीको स्पष्टिकरण नभई राजीनामा दिनुको विकल्प नभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन ‘प्रितम सिंह सरदारको प्रमुख हात भएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।



एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चल्न नदिने अडान लिएको छ । बुधबारको बैठक पनि एमालेले अवरुद्ध गरेको थियो ।



