काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन परेको हो । जसपा वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।

गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राखेकोले प्रधानमन्त्रीको विश्वासको मत लिने कार्य प्रभावित हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय