काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुहुने भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा दाहालले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहको भूमिका रहेको भनेपछि प्रमुख प्रतिपक्षी दल एमालेले दाहालको राजीनामा माग गरेको छ । अर्का प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएको छ ।



सत्ता गठबन्धन दलको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दाहालले संसदमा जवाफ दिएपछि अघि बढ्ने निर्णय गरेको छ । एमालेले भने प्रधानमन्त्रीको जवाफ नभई राजीनामा दिनुपर्ने अन्यथा संसद चल्न नदिने आफ्नो अडान कायमै राखेको छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।



