काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई बिहान ११ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी गर्नुभएको छ ।



ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । ७३ वर्षीय ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् ।



