काठमाडौं । प्रधानमन्त्री केपी ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुनेभएको छ ।
प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले यही आइतबार बस्ने प्रतिनिधि सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो ।



दाहाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्री बन्नुभएको हो ।



