काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर स्वदेश फर्कदै छन् ।
ओली आइतबार अमेरिकाबाट स्वदेश फर्कन कतारको दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ । असोज ४ गते प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो । उहाँ पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश फर्कदै छन् ।



नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा प्रधानमन्त्रीको निकै आलोचनासमेत भएको छ ।



