प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि मैदानमा आज भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको हो । २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ७० रनमा समेटियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८, दिनेश अधिकारीले ३३, विपिन शाहीले ३१, प्रकाश जैसी १४ रन बनाए ।

मधेशका लागि राजेश यादवले ३, प्रदीप पासवानले २, रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए । त्यसअघि पहिले टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो । मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए । अनिलकुमार साहले ४४, अभिषेक तिवारीले ३४, पवन सरार्फ, राजेश यादव र प्रदीप पासवानले समान ११–११ र राहुल मण्डलले १० रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ४, अनुज चुनाराले २, युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए । जितसँगै पाँच खेलमध्ये तीन जित निकालेको मधेश ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ४ खेलमा २ मा जित र २ हारका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय