प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी शुरुवात गरेको छ । आज टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको हो । जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।

मधेशका लागि पुजा महतोले ३५, ओपनर अनुराधा चौधरीले २१, प्रतिमा शाहले १४ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीकी अश्मिना कर्माचार्यले २ र मनिषा उपाध्यायले १ विकेट लिइन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।

बागमतीका लागि एसोदा विष्टले अविजित ४७, अश्मिना कर्माचार्यले अविजित ३०, ओपनर हेलिसा गुरुङले १२ रन बनाईन । मधेशका लागि पुजा महतोले २ र कविता गौतमले एक विकेट लिइन् । बागमतीले दोस्रो खेलमा शुक्रबार कोशीसँग खेल्नेछ । उता मधेशले दोस्रो खेल नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय