काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
पुस ५ गतेदेखि १८ गतेसम्म हुने खेलमा नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो । ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा कूल ३२ खेल हुनेछ । राउण्ड रोबिन लिगपछि प्लेअफ र फाइनल खेल हुनेछ । प्रतियोगिता काठमाडौंको टीयू र मूलपानी मैदानमा हुनेछ ।



प्रतियोगिताको पहिलो दिन चार खेल हुने छन् । प्रतियोगिताअन्तर्गत बिहानका खेल साढे ९ बजे तथा दिउँसोका खेल सवा १ बजे देखि सुरु हुनेछ ।



