काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयबस्तु र नियमित विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि जानकारी गराउनुहुने बताइएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा तथा दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा भाग लिन भोलि अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । महासभालाई असोज ४ गते सम्बोधन गरेर प्रधानमन्त्री दाहाल प्रधानमन्त्री दाहालले चीन जाने कार्यक्रम पनि रहेको छ ।






