काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण बनाएसँगै पुराना मन्त्रिहरुको जिम्मेवारी खोस्नुभएको छ । प्रधानमन्त्रीले नयाँ समिकरण बनाएपनि पुराना मन्त्रीहरुले राजीनामा नदिएपछि सबै मन्त्रीहरुको जिम्मेवारी खोस्नुभएको हो ।

प्रधानमन्त्री दाहालले सबै २१ वटै मन्त्रालयको जिम्मेवारी आफुले नै लिनुभएको छ । एमाले, रास्वपा र नेकपा माओवादी केन्द्रका एक–एक जना गरेर ३ जना मन्त्रीले शपथ लिएपनि उहाँहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।

तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय