काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको हो । अध्यक्ष ओलीले संचारकर्मीको जिज्ञासामा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए । उनले भने,’ समसायिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको हो । टीआरसी विधेयकबारे छलफल भइरहेको छ। विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको छ।’ अध्यक्ष ओलीले टीआरसीमा एमालेले राखेको अडान भने कायम रहेको बताए । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको ओलीले बताए ।

 

माघ २२ गते देखि हिउँदे अधिवेशन सुरू हुँदैछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक लगायत केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय