काठमाडौं । चीन भ्रमणमा रहुनभएको प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नुभएको छ । ग्रेटहल अफ दि पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको छ । भेटवार्ताका क्रममा भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति सी चिनफिङसँगको भेट उपलब्धिमुलक भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र समकक्षी लि छ्याङबीच ग्रेटहल अफ दि पिपलमा भेटवार्ता हुन लागेको हो । द्विपक्षीय भेटवार्तापछि आजै दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय