काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न चन्द विहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । दुई नेताबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

गत सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा घोषणा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय