प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकारमा देखिएको अन्यौल, कांग्रेसले संसदमा गरेको अवरोध र सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सुदुरपश्चिममा नागरिक उन्मुक्तिको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र लुम्बिनीमा गठबन्धनमा रहेका दलहरुविच एकमत बनाउने विषयमा दुई नेताले कुराकानी गरेको बताइएको छ । भेटमा सहकारी ठगीका विषयमा कांग्रेसले अघि सारेको माग सम्बोधनका लागि मध्यमार्गी वाटो निकाल्ने विषयमा पनि कुराकानी भएको बताइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनको माग गर्दै कांग्रेसले केही समयदेखि प्रतिनिधि सभामा नियमित आवाज उठाउदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय