काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटाली जाँदै हुनुहुन्छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री दाहाल इटाली जान लाग्नु भएको हो । दाहालले रोममा हुने युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनुहुने छ । कार्यक्रम यही ८ गते देखि १० गतेसम्म हुनेछ । नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेत छलफल हुनेछ । साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल समेतमा प्रधानमन्त्री सहभागी हुनेछन् ।



भ्रमणको क्रममा रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । दाहाल यही साउन १२ गते स्वदेश फर्कनु हुनेछ ।



