काठमाडौं । मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा प्रधानमन्त्री वालेन्द्र साहले सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता तथा नमन व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्नुभएको छ । उहाँले आमालाई माया, त्याग र निःस्वार्थ समर्पणको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै आमाप्रतिको सम्मान प्रकट गर्नुभएको छ ।



प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो आश्रय र चरणलाई तीर्थसरह पवित्र रहेको उल्लेख गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले सम्पूर्ण आमाहरूको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना पनि गर्नुभएको छ ।
सन्देशमा उहाँले सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैँ गर्व गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आमालाई सधैँ खुशी राख्न प्रेरित गर्नुभयो । साथै, देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना समेत व्यक्त गर्नुभएको छ ।



