काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको प्रभात माध्यामिक विद्यालयमा शिक्षकको आबश्यकता भएको छ ।
निम्न माध्यामिक शिक्षक तृतिय श्रेणीका अंग्रेजी बिषय पढाउने शिक्षक राजेन्द्र प्रसाद खनालले राजिनामा दिएकाले शिक्षक रिक्त भएको हो । अंग्रेजी विषय लिइ प्लस टु उर्तिण गरेका र नि.मा /मा.बि तहको अध्यापनको अनुमति प्राप्त भएका इच्छुकहरुले शिक्षक पदको लागि बैशाख १८ गते सम्म आवेदन दिन सक्नेछन ।चन्द्रागिरि नगरपालिका शिक्षा शाखाबाट बैशाख ३ मा अनुमति प्राप्त गरि शिक्षा नियमावली नियम (९७) बमोजिम निवेदन आब्हान गरिएको शिक्षा छनोट समितिले जनाएको छ । एक वर्ष करारमा शिक्षक पदपुर्तीका लागि सुचना जारि भएको हो ।






