रुपन्देहीमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सघंले आपत्ति जनाएको छ । बुधवार सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथि प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहले गुन्डागर्दी र दादागिरी शैलीमा गम्भीर घाइते हुनेगरी कुटपिट गर्ने, गालीगलौज गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेको संघले जनाएको छ ।

उपचारका क्रममा भएको मृत्युलाई लापर्बाही भनी अस्वाभाविक आरोप लगाएको र वार्ता भइरहेकै बेलामा डाक्टरमाथि नै आक्रमण भएको भन्दै संघले निन्दा गरेको हो । उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारण नै आतंकित हुनेगरी घटाइएको घटनाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको संघले जनाएको छ ।

कुटपिट र अमानवीय क्रियाकलापमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कानुनी कारबाही गरेर सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन चिकित्सक संघले सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय