बारा – बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका–३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसमेत बरामद गरेको छ ।

गएको कात्तिक दोस्रो साता सिंह सहितको समूहले बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि हत्याका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय