नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धमा कडाई गर्न प्राविधिक समिति गठन गरेको छ । प्राधिकरणले सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो ।

समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान)का अध्यक्ष सुधीर पराजुली,सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् । समितिले ७ दिनभित्र अनुसन्धानको प्रतिवेदन पेश गर्नेछ । सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिए पनि कतिपयले वास्ता नगरेपछि कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरण टिकटक कम्पनीलाई पनि पत्र लेखिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय