पश्चिम नवलपरासी । नौ वर्षदेखि वन मुद्दामा फरार वडा सदस्य कारागार चलान भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ का वडा सदस्य परशुराम कुँवर कारागार चलान भएका हुन ।
कुँवरलाई जिल्ला अदालत नवलपरासीले वन मुद्दामा दोषी ठहर गरेको थियो । २०७२ पुस २० गते अदालतले कुँवरविरुद्ध १२ हजार ६ सय ५० रुपैयाँ जरिवाना र ४ महिना कैदको फैसला सुनाएको थियो । कुँवर अदालतले फैसला सुनाएपछि फरार रहेका थिए । २०८१ भदौ १२ गते कुँवर आफै अदालतमा हाजिर हुन आएको प्रहरीले जनाएको छ । उनलाई अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।



कुँवर २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।



