काठमाडौं । नेपाल पुलिस स्कुल सामाखुशीले आयोजना गरेको दुई दिने फस्ट आईजीपी स्कुल लेवल नेशनल तेक्वाण्डो च्याम्पियनसीप सम्पन्न भएको छ । फागुन १६ र १७ गते संचालन भएको च्याम्पियनसीपमा स्वस्तिक तेक्वाण्डो दोजाङका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।
स्वस्तिक तेक्वाण्डो डोजाङका २३ किलो तौल समूहका प्रमित परियार, २६ किलो तौल समूहमा सुमन तामाङले स्वर्ण पदक जितेका छन् । एकल ११ वर्ष मुनि पुम्सेतर्फ सुमन तामाङले स्वर्ण पदक जितेका छन् भने पियर ११ वर्ष मुनिका सुमन तामाङ र युनिसा राना मगरकोको जोडीले स्वर्ण पदक हात पारेका छन् ।



यस्तै ग्रुप पुम्सेमा पल्सन दर्नाल, अर्लिना चौधरी, उर्गेन तामाङको समूहले रजत पदक जित्न सफल भएका छन् भने १७ वर्ष मुनिको व्यक्तिगत पुम्सेतर्फ जनम मगर र ११ वर्ष मुनिका उर्गेन तामाङले काश्य पदक जितेका छन् । साथै ११ वर्ष मुनिको व्यक्तिगत पुम्सेतर्फ युनिसा राना मगरले काश्य पदक जित्दा सुमन तामाङले पुम्सेतर्फ ३ वर्ण र फाइटतर्फ एक स्वर्ण गरी कुल ४ स्वर्ण पदक कब्जा गर्दै इतिहास रच्न सफल भएका छन् ।
विजेतालाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले प्रथम, द्वितीय, तृतीय, उत्कृष्ट खेलाडी, रेफ्री तथा सहयोगीलाई ट्रफी, नगद, प्रमाणपत्र, कदरपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर, नेपाल प्रहरी केन्द्रयि अनुसन्धान व्यूरोका प्र.अ.म.नि. दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्र.अ.म.नि. सुदीप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्र.अ.म.नि. टेकबहादुर तामाङ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्जका प्र.अ.म.नि. सुन्दरप्रसाद ह्येजुलगायतको उपस्थिति रहेको थियो ।



