काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदबाट आज पास हुँदैछ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्न लागेको हो ।

मंगलबार पेस भएको विधेयक आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले पास गर्ने कार्यसूची रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस” भनि प्रस्ताव गर्नुहुने छ ।

विधेयकलाई बे–रोकतोक अघि बढाएर पारित गरे १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडितले न्याय पाउने अपेक्षा गरिएको छ । नेपालको संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासो राख्दै आएको छ ।

विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै भोलि राष्ट्रिय सभाबाट पारित गरिने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय