ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूल प्रदर्शनीले पुष्प व्यवसायीहरुले उत्पादन गरेको फूलको बजार क्षेत्र विस्तार तथा प्रवद्र्धनमा सहयोग पुग्ने प्रदर्शमा सहभागिहरुले विश्वास लिएका छन् ।

ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । जावलाखेल ग्राउन्डमा मङगलबारबाट सुरु भएको प्रदर्शनीमा व्यवसायीक, प्रतियोगितात्मक र सुचनामुलक गरि करिब ७० वटा स्टल रहेका छन् । बेला बखत आयोजना हुने फूल प्रदर्शनीले फूलको बजार विस्तार तथा प्रवद्र्धनमा सहयोग पुग्ने प्रदर्शनमा सहभागिहरुले विश्वास लिएका छन् ।

नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आयोजना गरिएको फूल प्रदर्शनी ५ दिन सम्म सञ्चालन रहनेछ । मङगलबारबाट फूल प्रदर्शन गरिए पनि सुरुवात कै दिन सयौं अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । यस्ता प्रदर्शनी समय समयमा आयोजना गर्र्न अवलोकन कर्ताहरुले सुझाव दिएका छन् ।

मेलामा एक करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । चाडपर्व लक्षित प्रदर्शनी भएपनि मुख्य उद्देश्य गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनु रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । ५ दिन सम्म सञ्चालन रहेने पुष्प प्रदर्शनीमा करिव ४० लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।पुष्प व्यवसायीहरुले सरकारले लगानीको वातावरण निमार्ण गर्न नसकेको गुनासो गरेका छन् । पुष्प व्यवसाय र विउ विजनमा उत्पन्न भएका समस्याहरुमा सरकार सहजीकरणका निम्ती पनि सधैं तयार रहने प्रीतवद्धता जनाएका छन् ।

गत वर्ष पुष्प व्यवसायबाट ३ अर्व ७ करोड बराबरको कारोवार भएको एसोसिएसनले जनाएको छ । नेपालमा वर्षेनी ३३ करोड बराबरको फूल आयात हुने गरेको छ भने ६८ लाख बराबरको फूल निर्यात हुने गरेको तथ्याङक छ । नेपालका ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भैरहेको छ । यो व्यवसायमा चार लाख ४० हजारभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय