काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सधै साना पार्टी मिलेर सरकार बनाउदा देशमा अस्थिरता पैदा भएकोले दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) सँग अर्थमन्त्रालयमा भएको छलफलमा मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले ओली चौथो पटक भूतपूर्व प्रधानमन्त्री भनेर भित्तामा फोटो टाँस्नकै लागि प्रधानमन्त्री नबनेको र समस्या देखेर समाधानका लागि ओली प्रधानमन्त्री बनेको दाबी गर्नुभयो ।



परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।



