काठमाडौं । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत बागचौर नगरपालिका–४ बाङ्गेलाखुरीस्थित सडक खण्डमा आज बिहान ६ बजे गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपालगञ्जबाट सल्यानको अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०२४१ नम्बरको फोर्स गाडी सडकबाट करिब सात मिटर तल खसेको थियो । गाडीमा १४ जना यात्रु सवार रहेक थिए ।

दुर्घटनामा दार्मा गाउँपालिका–५ का ३३ वर्षीय बुद्धिमान केसी, ६१ वर्षीया रत्नकुमारी वली र ५० वर्षीया टेककुमारी वली घाइते भएका छन् । उनीहरूलाई स्थानीय सहज पोलिक्लिनिक बागचौरमा सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय