काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन र अत्यावश्यक काम बाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।
बंगलादेशमा जारी ‘कोटा’ विरोधी प्रदर्शनमा भएको झडपमा बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको पूर्णरुपमा पालना गर्न दूताबासले आग्रह गरेको हो । दूताबासले आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न पनि भनेको छ ।



प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भएको छ भने १ सय जनाभन्दा बढी घाइते भएका छन् ।



