बंगलादेशमा वायु सेनाको एफ ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । वायु सेनाको एफ–७ बीजीआई ट्रेनर विमान आज ढाकाको दियाबारीस्थित माइलस्टोन स्कूलको परिसरमा दुर्घटनाग्रस्त हुँदा हालसम्म १९ जनाको मृत्यु भएको हो भने कम्तीमा १६४ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई ढाका मेडिकल कलेजअन्तर्गतको नेशनल बर्न एण्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मीटोला अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल, उत्तरा मोडर्न अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि भर्ना गरिएको छ। सरकारी कानुनी सल्लाहकार प्रोफेसर आसिफ नजरूलले दुर्घटनाबाट गहिरो दुःख व्यक्त गर्दै घटनाबारे विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सेनाको इन्टर–सर्भिसेस पब्लिक रिलेसन्सले जारी गरेको विज्ञप्तिअनुसार विमान उडानपछि केही समयमै विमानले नियन्त्रण गुमाएर जमिनमा खस्दा ठूलो क्षति भएको हो। सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गर्दै सबै सरकारी, अर्धसरकारी, स्वायत्त संस्था र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय