काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट सत्तारुढ दलहरुसँग परामर्श नगरी ल्याइएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आ.ब. २०८१÷०८२ को बजेट नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको भन्दै टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले बजेटमा जस्तो सुकै कमी कमजोरी भएपनि बजेटमा समर्थन गरेर अघि बढ्न आफ्ना सांसदलाई निर्देशन समेत दिनुभयो ।






