काठमाडौं । आज कोजाग्रत पूर्णिमा दुर्गा भवानीको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिंदै छ ।
आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा विसर्जन गरिन्छ । आजैदेखि मुलुकभर धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । महालक्ष्मीको पूजा गरी आज रातभर जाग्राम बस्ने भएकाले यस पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो ।



आजदेखि लोकमा दशैं पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ ।



