बनेपा । बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिष्ठानको आयोजना तथा बनेपा नगरपालिकाको सहयोगमा आयोजना सुरुभएको हो ।

बनेपा नगरपालिकाका प्रमुख शान्ती रत्न शाक्यले खेलले समग्रमा खेलाडीको मात्रै नभई राज्यको र नगरको नै पहिचान बन्ने हुँदा यूवा पुस्तालाई खेल क्षेत्रमा लाग्न आग्रह गर्नुभयो । उहाँले अन्य खेलमा पनि खेलाडी उत्पादन गर्नुपर्ने भएकोले सबै खेल क्षेत्रका खेलाडीमाथी नगरपालिकाले लगानी गर्ने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ । सबै खेलहरु काभ्रे तेक्वान्दो आईटीएफ प्रतिष्ठानको हलमा हुनेछ । १५ देखि ७० केजी तौल समूहका विजयी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेल दुई दिनसम्म संचालन हुनेछ ।

कार्यक्रममा बनेपाका उपमेयर बिमला सापकोटा दाहाल, काभ्रे आईटीएफ अध्यक्ष किशोर बरुण श्रेष्ठ, आईटीएफ महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, आईटीएफका प्रमुख प्रशिक्षक उमेश राजथलालगायतको उपस्थिति रहेको थियो ।

– विनोद थापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय