काभे्र । बरिष्ठ संस्कृतिबिद ज्ञानकाजी मानन्धरको ९१ बर्षमा निधन भएको छ । साहित्यकार ज्ञानकाजी मानन्धर संस्कृतिका विज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि थिए । उहाँले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाउनु भएको थियो ।
लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेखहरू र पुस्तकहरु प्रकाशन छन् । उहाँ बनेपा ताराबाट पनि सम्मानित हुनु भएको थियो ।



उहाँ केही समय अघि देखि बिरामी भएको र उपचार गराइरहेका थिए । उहाँको निधनले काभ्रेको माटोमा साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । मानन्धर आजाद मा बि बनेपाका पुर्व शिक्षक पनि हुनुहुन्थो । काभ्रे जिल्लामा अङ्ग्रेजी बिषयमा पहिलो बि एड गर्ने ब्यक्ति तथा बनेपाका इतिहासका पिता समेत ज्ञानकाजी मानन्धरलाई चिनिँदै आएका थिए ।



