बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट ४० वर्षीया पदमकला थापाको ज्यान गएको छ। मुक्तिपुर सामुदायिक वन किनारमा बाख्रा चराउन गएकी थापालाई पाटे बाघले आक्रमण गरी ओराही खोलातर्फ घिसार्दै लैजाँदा सुरक्षाकर्मी र स्थानीयले शव फिर्ता गरेका छन्।

बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले प्राविधिक टोली र हात्ती परिचालन गरेको छ। यस आर्थिक वर्षमा बर्दिया निकुञ्ज क्षेत्र र आसपास पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय