बर्दियामा जंगली हात्तीको आक्रमणमा परि २ जना महिला गम्भीर घाईते भएका छन् । मधुबन नगरपालिका वडानम्बर १ दुर्गानगर बस्ने ५२ बर्षकी सिता थारु र सोहि ठाउ बस्ने ३ बर्षकी शुशिला चौधरीे दुर्गा सामुदायिक बनमा दाउरा काट्न गएको अबस्थामा जंगली हात्तीले आक्रमण गरी घाईते वनाएको बर्दिया प्रहरीले जानकारी गराएको छ ।
हात्तीको आक्रमणमा सिता थारुको टाउकोमा तथा सुशिला थारुको टाउको छाती र हातखुट्टामा चोट लागेको छ । घाईते दुबैको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको प्रहरीले जानकारी गराएको छ । घाईते मध्य एकजनालाई थप उपचारका लागि बाँकेको नेपाल गन्ज लगीएको परिवार ले जानकारी गराएका छन् । घर नजिकको सामुदायीक वनमा दाउरा खोज्न जाँदा अक्रमण गरि घाईते वनाएको स्थानीय सावित्री दहितले वताएकी छन् ।






