बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले शनिबार काठमाडौंस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजा–आराधना गरेकी छन्।नेपाल भ्रमणका क्रममा पशुपतिनाथ पुगेकी शेट्टीले मन्दिरमा विधिपूर्वक पूजा गर्दै भगवान् शिवको आशीर्वाद लिएकी हुन्। दर्शनका क्रममा मन्दिर परिसरमा उपस्थित भक्तजनले उनलाई स्वागत गरेका थिए। शेट्टीसँग तस्बिर तथा भिडियो खिच्न चाहने सर्वसाधारणको पनि उल्लेख्य भीड लागेको थियो। सुरक्षा व्यवस्थाबीच उनले सहज रूपमा मन्दिरको दर्शन गरेकी थिइन्।

धार्मिक आस्थाका कारण विभिन्न हिन्दू तीर्थस्थलको भ्रमण गर्दै आएकी शिल्पा शेट्टी यसअघि पनि भारतका प्रमुख मन्दिरहरूमा नियमित रूपमा पूजा–आराधना गर्दै आएको देखिन्छ। नेपाल भ्रमणका क्रममा उनको पशुपतिनाथ दर्शनलाई पनि विशेष चासोका साथ हेरिएको छ। पशुपतिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनसँगै विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू बेला–बेलामा दर्शनका लागि आउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय