बाँकेको नरैनापुरमा आगलागी हुदा १७ वटा घर जलेर नष्ट भएको छ। स्थानीय जुमै खाँको घरबाट आगो सुरु भएको थियो, र त्यसपछि आगो गाउँभरि फैलिएको थियो। आगलागी नियन्त्रण गर्न नेपालगन्ज र कोहलपुर नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले एकजुट भएर प्रयास गरेका थिए। तीव्र हावाहुरी र घरहरूको नजिकको स्थितिले आगो नियन्त्रणमा लिन गाह्रो बनाएको बताइएको छ।

आगलागी केही समय अघि नियन्त्रणमा आएको थियो। प्रहरीका अनुसार, आगलागीका कारण झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घर भित्रका अन्नपात, भाडा बर्तन र लुगा आदि जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिकाको दमकल भने बिग्रिएको कारण दमकलको अभाव भएको थियो। प्रहरीका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ, र पीडितलाई राहत सामाग्री वितरणका लागि गाउँपालिका र वडाकार्यालय तयारी गर्दैछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय