काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा पक्राउ परेका अरुण चौधरी, अजित नारायणसिंह थापा र संजय ठाकुर हिरासतबाट मुक्त भएका छन् । मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार उनीहरूलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू आज हिरासतमुक्त भएका हुने । सिआइबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा उनीहरुलाई हिरासतमा लिएको थियो ।






