काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज पारित गर्ने तयारी गरेको छ । बाँकी रहेका मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने तयारी गरिएको हो ।

बैठक बिहान ११ बजे बोलाइएको छ । आर्थिक वर्ष २०८०÷०८१ को विनियोजन विधेयकमाथि प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि अवरुद्ध हुँदै आएको बैठक बुधबारदेखि सहज भएको थियो ।

बुधबारको बैठकमा भौतिक पूर्वाधार, वन तथा वातावरण, स्वास्थ्य मन्त्री लगायतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय