काठमाडौं । बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजबाट लागु हुने भएको छ । यो ऐन लागु भएसँगै बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनमा आउने छ ।

२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि आज भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आररम्भ गर्दैछ ।

बिहान ९ बजे वसन्तपुरमा शुभारम्भ कार्यक्रम गरिने छ । त्यसअघि नेवार र तामाङ समुदायका झाँकीसहितको ¥याली निकालिएको छ ।

भाषा ऐन लागु हुने भएपनि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली, तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ ।

यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा समेत सेवा दिनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय