काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयहरूको संख्या थप्दै सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मन्त्रालय गठन गर्ने निर्णय गरेको हो । यो सँगै बागमती प्रदेशमा अब १४ वटा मन्त्रालय भएका छन् । प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले गत साउन ९ गते मन्त्रीको सपथ खाएका मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी प्रदान गर्न मन्त्रालय विभाजन गरिएको हो । मन्त्री श्रेष्ठले सपथ लिएको ११२ दिनपछि अन्ततः सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभयो ।
यसअघि गरिबी निवारण तथा संस्कृति पर्यटन सहकारी मन्त्रालय मुख्यमन्त्री कार्यालय मातहत थियो, तर अब सहकारी क्षेत्रलाई छुट्याएर नयाँ मन्त्रालय गठन गरिएको हो । हाल बागमती प्रदेश सरकारमा कांग्रेस र एमालेबाट मन्त्रीहरू छन् । कांग्रेसतर्फ मुख्यमन्त्री बहादुर सिंह लामासहित अर्थमन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी छन् ।

त्यस्तै, एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्के, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवाल, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ र
श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय