बागलुङ — बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा सोमबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। लु ३ च ५५६९ नम्बरको पिकअप भ्यान उकालो सडकमा ब्रेक फेल भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए।

दुर्घटनामा परी निसीखोला गाउँपालिका-७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेका ३५ वर्षीय जुना कँडेल को मृत्यु भएको छ। त्यस्तै, घाइते हुनेहरूमा बडीगाड गाउँपालिका-९ की ६३ वर्षीया तेज कुमारी बुढा, ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, ३० वर्षीया सिता पौडेल, र सोही जीपका चालक हिमाल घर्ती मगर रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटना अत्यधिक भारका कारण ब्रेक फेल भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय