बागलुङ- बागलुङ सदरमुकाममा सातौ बागलुङ महोत्सव शुरू भएको छ ।बागलुङ उद्योग बाणिज्य संघ मुल आयोजक भएर संचालन गरिएको महोत्सवमा स्थानीय उत्पादनको बिक्रीवितरण र प्रचारप्रसार गर्ने उदेश्यले राखिएको स्टलमा महोत्सव हेर्न आउने दर्शकको नजर पर्न थालेपछि ब्यवसायीक चहलपहल समेत देखिएको छ ।
बागलुङको सदरमुकाम बागलुङ बजारमा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत गरिएको छ । स्थानीय कृषि उत्पादनदेखी ब्यवसायीले उत्पादन गरेका सामग्रीका साथै तरकारी फलफूल लगायत प्रदर्शनी राखिएको छ ।अहिले आयोजना गरिएको महोत्सवमा कृषकले उत्पादन गरेका फापरको पिठो ,सिस्नोको पाउडर तरकारी फलफूल लगायतका सामाग्री बजारीकरण गर्न सहयोग गर्दै आएको राम्रो गर्ने कृषकलाई पुरस्कृत गर्ने गरेको कृषि ज्ञान केन्द्र बागलुङका सुचना अधिकारी कुमार पुन मगरले बताए ।



गाउँमा उत्पादन भएको सुन्तला बगैंचा बाट बिक्री भएपनि बागलुङ महोत्सवमा सिगानामा उत्पादन भएको सुन्तलाको बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले राखेको कार्यक्रम सफल बनाउन प्रदर्शनीमा राखेको सुन्तला किसान अनन्त बहादुर खड्काले बताए ।मनसुन ब्रान्ड बाट स्थानीय रूपमा उत्पादन गरेका उत्पादन अघिपछि पनि बजारमा राम्रो बिक्रीवितरण भइरहेको भएनि मेला महोत्सवमा प्रचारप्रसार गर्ने उदेश्यले राखिएको यसलाई उपभोक्ताले रूचाइ राखेको मनसुनका बिजनेस डाइरेक्टर कमल कडेलले बताए । महोत्सवमा राखिएको लोकल प्रोडक्ट आगर्निक भएको कारणले यसलाइ आफुले बिदेशमा लैजान खरिद गरेको महोत्सव अवलोकन गर्न आएका उपभोक्ताले बताए ।
महोत्सव दैनिक एक हजार भन्दा बढीले अवलोकन गर्दै आएका छन् । पुस ११ गतेबाट २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मूल समारोह समितिले जनाएको छ । ‘महोत्सव अवधिभर दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।धेरै जसो ठाउँमा हुने मेला महोत्सवमा स्थानीय कृषि घरेलुु लगायतका उत्पादन लाइ प्रमुख प्राथमिकता दिने भनेर ठूलो स्वरमा प्रचारप्रसार गरिएपनि त्यसले खासै ठाउँ पाएको भने देखिदैन ।
कार्यक्रम गर्ने आयोजक स्थानीय तह लगायत सरोकारवाला निकायले गाउँ गाउँमा कृषकले उत्पादन गरेका तरकारी फलफूल स्थानीय उत्पादन र घरेलुु सामाग्रीको प्रदर्शनी प्रचारप्रसार र बजारीकरण गर्ने निति बनाउन नसकेसम्म आयोजकले भनेजस्तो खोजेजस्तो नतिजा निकाल्न सक्ने देखिदैन यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।



