धरान – बागेश्वरधाम सरकार (धिरेन्द्र शास्त्री) ले धरानको मठ मन्दिर दर्शन गरेकाछन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा चैत्र २७ गतेबाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगतगुरु रामानन्द सेवा पीठ एवम् महायोगी सिद्ध बाबा आत्यात्मिक प्रतिष्ठानले आयोजना गरेको छुट्टै कार्यक्रममा सहभागी हुन आएका धिरेन्द्र शास्त्रीले धरानको पिण्डेश्वर मन्दिर र दन्तकालीको मन्दिर दर्शन गरेर पुन: चतरा फर्किएका छन् ।
उनलाई हेर्नकै लागि विजयपुरमा अत्याधिक सर्वसाधारण आएका थिए । दर्शन गरिसकेपछि उनले पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउँदा आफू आनन्दति बनेको बताए । नेपालको तीर्थस्थलमध्ये पिण्डेश्वर एक महत्वपूर्ण तथा ऐतिहासिक तीर्थस्थल भएकोले दर्शन गर्न आएको उनले बताए । उनले चतरामा महाकुम्भ चलिरहेकोप्रति आभार व्यक्त गर्दै नेपाल सँस्कृतिको देश भएको उल्लेख गरे । उनले नेपालका सर्वसाधारण मिलनसार, सिधासाधा भएको बताउदै जगतगुरु रामानन्दका कारण नेपाल आएकोमा आफू धन्य भएको बताए ।



कुम्भ मेलाकै अवसर पारेर कृष्णदाश महाराज संलग्न जगतगुरु रामानन्द सेवा पीठ एवम् महायोगी सिद्ध बाबा आत्यात्मिक प्रतिष्ठानले उनलाई निमन्त्रणा गरेका थिए । उनी वैसाख ५ गते चतरा आइपुगेका हुन । चतरामा समेत उनको दर्शन गर्न र हेर्न सबै आतुर देखिन्थे । बागेश्वर धाम सरकार (धिरेन्द्र शास्त्री) ५ दिनसम्म संकटमोचन हनुमान महायज्ञको आयोजना भइरहेको छ । उनको प्रवचन सुन्न लाखौ भक्तजन पुग्ने गरेको जगतगुरु रामानन्द सेवा पीठ एवम् महायोगी सिद्धबाबा आत्यात्मिक प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गोविन्द तिवारीले जानकारी दिए ।
संकटमोचन महायज्ञमा सहभागी हुन वैसाख ५ आएका धिरेन्द्र शास्त्रीले वैशाख ११ गतेसम्म संकटमोचन हनुमान महायज्ञमा प्रवचन दिने कार्यक्रम रहेको छ । उनको आगमनले महाकुम्भ मेलामा आएकाहरु एक पटक दर्शन गरेरमात्र फर्किने गरेका छन ।



