काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री दाहालले बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी, उद्दार तथा राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ । बाढी पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ । बाढीले उक्त जिल्लाहरुमा घर, पुल, सडक लगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आम सर्वसाधारणमा पनि अपील गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय